एकाबिहानै काठमाडौँमा स्कुल बसमा आगजनी, बस जलेर ध्वस्त बनीसक्दा समेत पुगेन प्रहरी>>हेर्नुहोस

साउन ६ । बिहिबार एकाबिहानै काठमाडौँमा एउटा स्कूल बसमा आगजनी गरिएको छ । राजधानीको डल्लुस्थित विष्णुमती पुलनजिक आइडल मोडल स्कूलको विद्यार्थी बोकीराखेको बसमा अज्ञात समुहले आगजनी गरी फरार भएको छ ।

एकाबिहनै ३ जना नकाबधारीको सकुह बस भित्र पसी सबै बिद्यार्थीलाई बाहिर झर्न लगाएर पेट्रेल छर्की आगजनी गरेको स्कुल प्रशाशनले जनाएको छ । झम्सिखेलमा रहेको आइडल मोडल स्कूलको बस पूर्ण रुपमा ध्वस्त बनेको छ ।

अज्ञात समुहले आगजनी गरी फरार भएको लामो समयसम्म पनी प्रहरी आगजनी स्थल नपुग्दा स्थानीयबासी र बसका बिद्यार्थीहरु हेरेको हेर्यै बनेका थिए ।
स्रोत;ओयस नेपाल 

,

0 comments

Write Down Your Responses