यस्तो ठाँउ जहाँ ८०० मिटर लामो डर लाग्दो भिर चढेर स्कुल जान्छन् ! (भिडियो सहित)

असार;२६
चीनलाई विश्वकै एउटा वलियो शत्तिको रुपमा लिइन्छ । चीनको विकासलाई विश्वभरका मानिसहरुले नै प्रशशां गरेको अवस्थामा त्यहाँ पनि यस्तो एउटा गाँउ छ जुन गाँउको अवस्था हेर्दा चीनको विकास नै नभएको जस्तो भान हुन्छ । चीनको एक गाउँका १५ वटा स्कुलका छ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरु ८०० मिटरको अग्लो पहाडको उकालोमा खतरा मोल्दै विद्यालय जान्छन् । सिचुआन प्रान्तको अतुलर गाउँका बालबालिकालाई विद्यालय जान यस्तो ढुगांको चट्टाने उकालोमा करिब ९० मिनेटको जोखिमपूर्ण उकालो चढ्नुपर्छ । उकालो चढ्नका लागि काठले बनेको भर्याङ भएपनि  सानो गल्ति भएमा उनीहरुको जीवन नै जाने सम्भावना हुन्छ । ती भर्याङहरुका केहि काठहरु कमजोर भएका पनि त्याहाँका वासिन्दाहरु वताउछन् । अहिलेसम्म यो उकालो ओरालोमा आठ जनाको लडेर ज्यान गइसकेको जनाइएको छ । यो गरीब वस्तिमा जम्मा ७२ घरपरिवारहरु वसोवास गर्दछन् । यहाँको मानिसको आम्दानिको स्रोत पनि केहि छैन । तर ओखरका वोटहरु भने यहाँ प्रशस्त मात्रामा पाइन्छ ।स्रोत;एजेन्सी

,

0 comments

Write Down Your Responses