हृदयघातका कारण मोडल सृष्टि शाहीको निधन>>हेर्नुहोस

१३ असार । कलाकार एवं मोडल सृष्टि शाहीको २८ वर्षको उमेरमा निधन भएको छ । शाहीको गत बुधबार पोर्चुगलको राजधानी लिस्बोनमा हृदयघातका कारण निधन भएको हो ।

अकस्मात हृदयघातका कारण बेहोस भएकी सृष्टिको उपचारका लागि साँओ जोसे हस्पिटलमा भर्ना गरिएको थियो । शाहीको मुटुको भल्बको अप्रेशन गरिएको थियो भने ब्रेनसम्म रगत पास गराउने नशा सिथिल भएका कारण दिमागमा चोट पुगेर निधन भएको हो ।

उनको शनिवार लिस्बोनको ओलिभाइस सेर्मेटारियोमा दाहसंस्कार गरियो छ । दाहसंस्कारमा नेपालका अवैतानिक राजदुत मकर बहादुर हमाल, गैर आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमल लगायत सयौंको उपस्थिती थियो ।

शाहीले कलाकार संघ पोर्चुगलका अध्यक्ष दीपक सुवेदीद्धारा निर्देशित ‘संभव छैन मिलन हाम्रो, आखाँको चालले लगायत म्युजिक भिडियोमा अभिनय गरेकी थिएन । उनी बिगत ५ बर्षदेखि राजधानी लिस्बोनमा श्रीमान बिमल श्रेष्ठसंगै बस्दै आएकी थिइन ।

स्रोत;लाइट नेपाल 

,

0 comments

Write Down Your Responses