कोहिनूरको अन्तिम शोमा आँखाभरी आँसु पार्दै श्वेताले गरिन यस्तो घोषणा (भिडियो सहित )>>हेर्नुहोस
असार;१३
२०७१ सालको साउनको अन्त्यतिर एउटा चलचित्र ‘कुहिनूर’ प्रदर्शनमा आयो । उक्त चलचित्रमा धेरै नेपालीको मनमा बस्न सफल नायक श्रीकृष्ण श्रेष्ठले अभिनय गरेका थिए । उनको अभिनय पर्दामा हटि हुँदै गर्दा श्रीले यो धराधाम छाडे र काहिनूर अन्तिम चलचित्र बन्यो उनको जीवनकालको । श्रीको निधनले भन्दा धेरै स्तब्ध बन्यो त्यो समय नेपाली सिने उद्योग भर्खरै श्रीको सिन्दुरले सिउँदो रंगाएकी श्वेता खड्कालाई सम्झेर । कोहिनूरमा यो जोडीले सँगै अभिनय गरेका थिए । त्येसैले पनि यो चलचित्र हेर्न दर्शक ओहिरो लागेर हल पुुगे । नेपाली सिने उद्योगकै सफल चलचित्रको सूचीमा पर्यो कोहिनूर ।
श्रीको निधनले नेपाली दर्शक त रोए नै, तर श्वेताको आँखाले आँसु बिर्सिएर निदाउन सकेनन् १ वर्षसम्म । तर, अब श्वेता पनि बिस्तारै घाउँ भूल्ने प्रयासमा छिन् । श्रीले आफ्नो जीवन कालमा उनलाई गरेको माया र प्रेरणालाई लिएर समाज सेवामा पनि सक्रिए भएकी छिन् ।
श्रीको अन्तिम चलचित्र ‘कोहिनूर’को अन्तिम शो स्वरुप काठमाडौंमा च्यारेटी शो गरियो । उक्त च्यारेटीबाट उठेको २ लाख उनले ‘नविकरण अनाथ असाहय बाल उत्थान समाज’का नाममा हस्तान्तरण गरिन । नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलको उपस्थितीमा भएको उक्त शोमा श्वेताले गहभरी आँसु पारेर सहभागीता जनाईन्, पुरै फिल्म हेरिन ।
कार्यक्रममा बोल्दै गर्दा पनि उनको गला पटक पटक अवरुद्ध भएको थियो । आफूले आफ्नो जीवनको आगामी समय समाज सेवामा लगाउँने भन्दै श्वेताले श्रीको पनि चाहाना यहि भएको उल्लेख गरेकी छिन् ।
स्रोत;ओयस नेपाल

0 comments
Write Down Your Responses