अफगानिस्तानमा सुरक्षागार्ड चढेको मिनी बसमा आत्मघाती आक्रमण, १४ नेपालीको मृत्यु (भिडियो)
असार;७
अफगानिस्तानमा सुरक्षागार्ड चढेको मिनी बसमा आत्मघाती आक्रमणमा परी १४ नेपालीको मृत्यु भएको छ । आज बिहान काबुलमा भएको बिस्फोटमा परि ज्यान जाने सबै नेपाली रहेको अफगानिस्तानको गृहमन्त्रालयले जनाएको छ ।
घटनामा ९ जना घाइते भएकामध्ये पनि अधिंकाश नेपाली भएको बताइएको छ । घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । नेपालको परराष्ट्र मन्त्रालयलले भने यसबारेमा बुझ्ने प्रयास भइरहेको बताए पनि अहिलेसम्म केही बोलेको छैन ।
स्रोत;ओयस नेपाल

0 comments
Write Down Your Responses