मेस्सीलाई स्पेनमा २१ महिना जेल सजाय : उनिमाथि लाग्याे यस्ताे खतरनाक अाराेप >>हेर्नुहोस
असार;२३
बार्सिलोनाको एक अदालतले विश्व फुटबल स्टार लियोनल मेसी र उनका पिता जर्ज होरासियो मेसीलाई आफ्नो कमाई अनुसार तिनुपर्ने कर नतिरेको अभियोगमा २१ महिनाको जेल सजाय तोकेको छ ।
मेसी स्पेनी क्लब बार्सिलोनामा रहेर खेल्दा आर्जन गरेको सम्पत्ती बापत तिर्नुपर्ने कर नतिरेको भन्दै स्पेनी अदालतमा मुद्दा परेको थियो ।
फुटबल स्टार मेसीलाइ लगातार तीन पटकसम्म कर छली गरेको आरोपमा मुद्दा दायर भएको थियो । तर स्पेनी कानून अनुसार उहाँहरूले जेल बस्नु पर्ने भने छैन ।
स्पेनको कानून अनुसार पहिलोपटक दुईबर्ष भन्दा कम जेल सजाय तोकिएका फौजदारी अपराधमा सम्लग्न नभएका अभियुक्तलाई जेलमा बस्नु नपर्ने प्राबधान छ । विश्वविख्यात फुटबल खेलाडी मेसी र उनका पितालाई
करछली गरेबापत ४१ लाख अमेरिकी डलरबराबरको जरिवाना तोकिएको छ । जेल जानु नपरेपनि उहाँहरूले जरिवाना भने स्पेन सरकारलाई बुझाउनुपर्नेछ ।
स्रोत;पुर्बेली न्युज

0 comments
Write Down Your Responses