अन्तरजातिय विवाह गरेका कारण उनलाई केटीपक्षका आफन्तले अपहरण गरी धादिङको गजुरीमा लगेर हत्या
श्रावन;६
काभ्रेको पाँचखाल ६ होक्सेका मिजारको रहस्यमय मृत्यु प्रकरणमा अजितलाई अपहरण गरी हत्या गरेको आरोप आफन्तले लगाएका छन् । अन्तरजातिय विवाह गरेका कारण उनलाई केटीपक्षका आफन्तले अपहरण गरी धादिङको गजुरीमा लगेर हत्या गरेको आफन्तले आरोप लगाएका हुन् अजितले गएको असार २५ गतेसँगै अध्ययनरत पराजुली थरकी युवतीसँग प्रेम विवाह गरेको र उनीहरुको सम्बन्ध प्रहरी कार्यालयमा लगेर जवर्जस्ती छुटाएको मृतकका बाबु हरिभक्त ढकाल मिजारले बताए ।
‘उमेर पुगेको छैन सम्बन्ध छुटाउनुपर्छ भनेर प्रहरी कार्यालयमा भने तर केटीले नमानेर रोएपछि पछि उसको हात समाएर हस्ताक्षर गराए’ कटवालले भने– ‘बाहिर निस्केर केटाकेटी हात समाएर रोए, छुट्नै मानेनन् ।
तर केटीलाई छुटाएर बाईकमा हालेर लगे ।’ त्यसपछि पनि फोन गरेर पटक–पटक धम्की दिने गरेको र २९ गते दिउँसोदेखि छोरा
हराएको उनले बताए । ‘२ बजेतिर म पनि घरमै सुतेको थिएँ, उ पनि बिहान कलेजबाट आएर सुतेको थियो’ उनले भने, ‘अनि उठेर म बाहिरतिर जान्छु भनेपछि मैले नजा भन्दाभन्दै गयो, साथीभाइकहाँ गएहोला भनेर केही भनिन ।’
अजितले आफ्नो मोबाइल घरमै छोडेकोले साँझ एकपटक अरुकै मोबाईलबाट फोन गरेर रोएको तर केही कुरा हुन नपाएको बताए । ‘आफ्नी जेठी आमालाई फोन गरेर कसैको मोकाईलबाट ठूलीआमा ठूलीआमा भनेर फोन गरेको रहेछ । तर त्यसपछि केही बोलेन । मोवाईल खोसेर होला ।’ उनले भने ।
प्रहरीले ढाँट्यो
छोराको खोजीमा हिँडिरहेको बेला एउटा अनलाईनमा फोटो देखेपछि प्रहरीकहाँ पुगेर धादिङमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी पाएको उनले बताए । दिउँसो तीनबजे हिँडेर राती प्रहरीकहाँ पुगेको भएपनि प्रहरीले शव हेर्न खोज्दा साह्रै दुख दिएको उनको भनाई छ ।
‘पहिला क्षत विक्षत छ हेर्न मिल्दैन भन्नुभयो । हाम्रो छोरा हो भने हेर्न पाउ भनेपछि स्काभेटरले ५ मिटर खाल्डो खनेर गाडेको छ’ उनले भने, ‘तर हेर्दा २ फिट पनि थिएन, पोष्टमार्टम गरेको भन्ने तर कतै चिरफार गरेको पनि देखिएन ।’ उनले पोष्टमार्टम पनि नगरेको हुनाले हामीले पोष्टमार्टम गर्छौं भन्दा पुनः पोष्टमार्ट गर्ने नेपालको कानुनमा छैन भनेर जवाफ दिएको पनि बताए । ‘हामीले गर्छौं भनेर लिएर आयौँ तर उहाँले पुन पोष्टमार्टमको चिठी नै लेखिदिनुभएन छ । उनले भने ।
आरोपीलाई पक्रेर छानबिन गरोस :
आफन्त मृतकका आफन्तले किटानी जाहेरी दिईएकोले
आरोपीलाई पक्राउ गरेर छानविन गर्न माग गरेका छन् । गृह प्रवक्ता यावद कोईरालासँग उनीहरुले यस्तो माग गरेपनि कोईलालाले सत्यतथ्य सार्वजनिक नहुँदा सम्म पक्राउ गर्न नमिल्ने बताए । ‘सामान्य ठाडो उजुरीमा त प्रहरीले पक्राउ गरेर छानविन गर्छ भने किटानी जाहेरी गरेकोलाई पक्राउ गर्न के समस्या भयो’ दलित महिला संघ काभ्रेका अध्यक्ष मैया रोक्काले भनिन् ।
अन्तरजातिय विवाहकै कारण मारिएको हो : दलित आयोग राष्ट्रिय दलित आयोगका सदस्य सचिव सिताराम घले परियारले काभ्रेको होक्सेका अजित मिजारले
अन्तरजातीय विवाह गरेकै कारण
मारिएको देखिएकाले दोषीलाई कारवाही गर्न र पीडितका परिवारलाई उचित क्षतिपूर्ती दिन माग गरे । उनले भने, ‘घटनाको प्रकृति हेर्दा मिजारले आफैंले आत्महत्या गरेको नदेखिएकाले यसको निष्पक्ष छानविन हुनुपर्छ ।’ आफन्तले दिएको जानकारी अनुसार काभ्रे जिल्लाको पाँचखाल –६, होक्सेका १८ वर्षीय अजित ढकाल मिजारको काभ्रेकै ५२ किलो निवासी कल्पना पराजुलीसँग २५ असारमा प्रेम विवाह गरेका थिए । २७ गते घर पुगेलगत्तै धुलिखेल प्रहरीले उनीहरुलाई माइती पक्षको दवावमा जवरजस्ती छुटाइएको थियो ।
छुटाएको दिनदेखि नै माइती पक्षले बारम्बार धम्की दिने र केटीसँग सम्पर्क भए मात्रै पनि धर्तीमा टेक्न नदिने धम्की दिँदै आएको उनको वावुले बताए । २९ असारमा दिउँसो घरबाट बाहिर निस्किएका अजितको शव धादिङको गजुरी इलाका प्रहरी कार्यालयले ३० गते विहान सुर्के खोला छेउमा मृत अवस्थामा भेटाएको थियो ।
सो शवलाई प्रहरीले वेवारिसे भन्दै स्थानीयको रोहवरमा गाडेको थिो । तर, मृतकका आफन्तले शवको पुन : पोष्टमार्टम्स गर्न माग गरेका थिए । शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।
स्रोत;कुबिक न्युज
0 comments
Write Down Your Responses