हत्या र अात्महत्याबीच कुराे बाँझिदा रहस्यमय बन्दै मनिषा मृत्यु प्रकरण>>हेर्नुहोस

जेठ;२१
घटनाको एक हप्ता बितिसक्दा पनि मनिषा घर्ती मगरको रहस्यमय मृत्युको कारण पत्ता लाग्न नसक्दा अनुसन्धानप्रति नै शंका हुन थालेको छ ।

एक हप्तासम्म अनुसन्धान गरेको नवलपरासी प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतिवेदन त सार्वजनिक र्गयो तर ठहर गर्न सकेन आत्महत्या कि हत्या ?

प्रतिवदेन सार्वजनिकपछि नै मनिषाका दाइ नेपाली फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले फेसबुकमार्फत अनुसन्धान प्रक्रियामाथि असन्तुष्टि राखेका छन् । उनले बहिनीको हत्या नै भएको जिकिरसमेत गरेका छन् ।

पोलिग्राफ टेस्टपछि मनिषालाई उनका प्रेमी रुद्रनारायण चौधरी आशिषले घाँटी थिचेर मारेको नदेखिएको भन्दै प्रहरीले प्रारम्भिक प्रतिवदेन सार्वजनिक गरेको थियो । शिक्षण अस्पतालमा भएको पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्याङगिङ’ बताइएको छ ।

‘आज मेरो बहिनीको हत्या गर्ने मान्छेलाई कारबाही भएन भने देशको लागि केही गरेर के काम ?’ विमलले भावुक हुँदै लेखेका छन्,’ आज म रोइराखेको छु । भोलि अरु कोही रोइराखेको हुनेछ ।’ आफ्नो बुबाले देशका लागि लड्नुभयो, आफू पनि देशकै लागि गरिरहेको भन्दै उनले सरकारले आफ्नो परिवारको लागि केही नगरेको गुनासो पोखेका छन् ।

‘सरकारले हाम्रो लागि केही गरेन भने हामीले चाहिँ देशको लागि गरेर के काम?’ उलने प्रश्न गरेका छन्, ‘ देशको लागि गर्ने मान्छेलाई सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरी बस्नु यो नेपालमा? बहिनीको हत्या गर्ने मान्छेलाई कारबाही भएन भने देशको लागि केही गरेर के काम?’ आफू देशको लागि लडेको र अब अब बहिनीको लागि लड्ने भन्दै विमलले यसका लागि साथ दिन सबैसँग आग्रह पनि गरेका छन् ।

विमलले एक दुर्घटनामा आफ्ना बाबुलाई दशकअघि गुमाएका थिए । आफू खेलको दौरानमा देशविदेश गइराख्नुर्ने भएकाले नवलपरासीस्थित घरमा आमा र बहिनीमात्र बस्दै आएका थिए ।

जेठ १२ गते राति घटना भए पनि प्रहरीले जानकारीपछि १३ गते बिहान मनिषाको घरमा पुगी अनुसन्धान थालेको थियो ।
छिमेकीसँगको सोधपुछपछि घटनाको आशंकामा मनिषाका प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लियो र उनकै घरबाट खरानी रंगको टिसर्ट र पेट्रोलपम्पको नालमा लुकाएर राखिएको कालो रंगको सल पनि बरामद गर्‍यो ।

मनिषाका काकाले ज्यान मुद्दामा जाहेरी दर्ता गराए । जाहेरीकै आधारमा जिल्ला अदालतमा ७ दिन म्याद थपिएर अनुन्धान सुरु भयो । मनिषाको शव पोस्टमार्टमका लागि राजधानीको त्रिवि शिक्षण अस्पताल ल्याइयो ।

अनुसन्धान बढाउँदै आशिषले झुटो बोलेको हो होइन भनेर पत्ता लगाउन पोलिग्राफ टेस्टसमेत गर्‍यो प्रहरीले । टेस्टले देखायो– आशिषले घाँटी थिचेर मनिषाको हत्या गरेका होइनन् । तर अरु नै कारणबाट हत्या गरेका थिए कि आत्महत्या नै थियो भन्नेबारे प्रहरी निचोडमा पुग्न सकेको छैन ।

प्रहरीको मनिषा र आशिषबीच प्रेम सम्बन्ध र त्यसले ल्याएको विवादले घटना भएको बताए पनि मृत्युको कारण पत्ता नलाग्नु नै रहस्यमय बन्दै गएको छ ।

प्रहरीले आशिषसँग लिएको बयानमा उनले पटकपटक आफूले हत्या नगरेको दाबी गरे । जेठ १८ गते पोलिग्राफ टेस्टबाट करिब ५ घण्टासम्म भएको ११ प्रश्न सोध्दा समेत उनले घाँटी थिचेर नमारेको पुष्टि भएको एसपी राजेन्द्र चौधरी बताउँछन् । आशिषको रक्त परीक्षणका लागि भने आजै काठमाडौं ल्याइने प्रहरी निरीक्षक प्रकाश सापकोटाले बताए ।

मनिषा मृत्यु प्रकरणलाई विषयलाई लिएर संसदको मानवअधिकार तथा न्याय समितिको टोलीले घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ । सभापति सुशीलकुमार श्रेष्ठले घटनालाई आफूहरुले गम्भीर रुपमा लिएको र सूक्ष्म तरिकाले अध्ययन गरिरहेको बताएका छन् ।

अहिले नवलपरासीको बर्दघाटस्थित घटना स्थलमा पुगेर नै प्रहरीको समन्वयमा सांसद दुलारी हरिजन, जीवन श्रेष्ठ र देवकरणप्रसाद कलवार घटनाको छानबिनमा जुटिरहेको श्रेष्ठले जानकारी दिए । प्रहरीको अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि पनि घटनाको सत्यतथ्य बारे थप छानबिन गरिने उनले बताए ।स्रोत;समाधान न्युज

,

0 comments

Write Down Your Responses