O.M.G आफ्नो यौवन सदाबाहार राख्न छ सय कुमारी युवतीको रगतले नुहाउने>>हेर्नुहोस

असार;१२
 हंगेरीको इतिहासको पानामा संसारको शिर्ष महिला सिरीयल किलरको रुपमा नाम बनाउने एजिलाबेथ बाथरीको मृत्यु ४ सय वर्ष पुरा भइसकेको छ । हंगेरीको साम्राज्यमा बाथरी परिवारमा संबन्ध बनाउने एलिजाबेथले १५८५ देखि १६१० को समयमा स्लोवानियाको चास्चिसस्थित आफ्नो महलमा कम्तिमा ६ सयभन्दा बढी कुमारी केटी र महिलाको हत्या गरेकि थिइन् । उनी आफ्नो यौवन सदाबहार राख्न कुमारी केटीको रगतले नुहाउने जानकारहरु बताउँछन् ।युवतीहरुको हत्या गर्नुपुर्व बाथरी युवतीहरुमाथि दुव्र्यबहार गर्थिन । ती निर्दोष युवतीहरुलाई पिट्ने, अंगलाई जलाउने सामान्य कुरा हुन्थ्यो । करीब २५ वर्षसम्म बाथरीको बर्बरतापछि सन् १६०१ मा उनलाई पक्राउ गरियो उनको मृत्यु १६१४ अगस्ट २१ मा भएको थियो । तर यतिका वर्षवित्दापनि चास्चिसस्थित महल स्थानिय मानिसलाई पुरानै समयको यादले तर्साउछ ।एलिजाबेथ बाथरीको बारेमा भनिन्छ की उनी आफ्नो जवानी सदाबहार राख्नको लागि कुमारी युवतीहरुको रगतले नुहाउँथिन् । उनले आफ्नो ३ नोकरको सहयोगमा छ सय पचास भन्दाबढी युवतीको हत्या गरेको बताइन्छ । तर हत्याको संख्या भने पुष्टि भएको छैन । तर यदि रिर्पोट अनुसार ५ सयदेखि छ सयको बिचमा बताइन्छ । जुन बेला बाथरीलाई पक्राृउ गरिएको थियो उक्त समय महलमा कयौं युवतीको लास क्षतविक्षत रुपमा र केही जंजिरले बाधिएको अवस्थामा फेला परेको थियो ।
एलिजाबेथले १५८५ देखि १६१० को बिचमा यो अपराधलाई अन्तिम रुप दिएकी थिइन् । उनको विवाह फेरेंक नैडेस्डी नाम गरेका एक व्यक्तिसंग भएको थियो र उनी तुकोको विरुद्ध युद्धमा हंगेरी राष्ट्रको हिरो थिए । उनको श्रीमान हुँदापनि बाथरी युवतीहरुको हत्या गरिहरन्थिन् । तर १६०६ मा उनको श्रीमानको मृत्युपछि उनी झन आक्रमक भएकी थिइन् ।चास्चिसको वरीपरि गाउँमा लगातार युवतीहरु हराउन थाले । बाथरी मुख्य रुपमा किसान र गरीबलाई महलमा राम्रो पैशा दिने प्रलोभनमा ती युवतीहरुलाई लग्थिन् । जब गरीब गाउँका युवतीहरु कम हुँदै गए उनले धनी घरका युवतीहरुलाई आफ्नो शिकार बनाउन लागिन् ।

बाथरीको अपराधको जानकारी

१६१० मा हंगेरीको राजासम्म बाथरीसम्म पुग्यो तब उनले बाथरीको महलमा जाँच गराउन आफ्नो मानिस पठाए । त्यसपछि बर्षको अन्त्य डिसेम्बरमा एलिजाबेथलाइ उनको तीन नोकरसंगै पक्राउ गरियो । तर उनलाई राजघरानासँग नजिक भएका  कारण सजाय दिइएन । तर उनलाई महलमा कैद गरियो । चारवर्षपछि उनको मृत्यु १६१४ अगस्टमा भयो ।बाथरीकाृ जीवनमा कयौं किताव लेखिइसकेको छ । र केही चलचित्र पनि बनिसकेका छन् । सन् १८९७मा आयरल्याण्डका एक उपन्यासकार ब्राम स्टोकरले बाथरीको विषयबाट प्ररित भएर नै ड्र्याकुला उपन्यास लेखेको बताइन्छ । यही नाममा यो उपन्यासको चलचित्र पनि बनाइएको छ ।बाथरीप्रति मानिसको घृणा
चास्चिस शहरका बासिन्दा बाथरीको इतिहासमा घृणा गर्छन । हालै शहरको बीचमा जब बाथरीको मुर्ति लागाइएको थियो तब त्यसको निकै बिरोध भएको थियो । बासिन्दाहरुले भनेका थिए–‘ हामीलाई पुरानो कुरासंग कुनै मतलब छैन । हामीलाई थाहा छ की बाथरीले युवतीहरुको हत्या गरेकि थिइन् र हाम्रो लागि बाथरीको कुनै मुल्य छैन । हामी कयौंपटक महलको वरीपरि पार्टीको लागि रातभर बसेका छौं । स्रोत;एभरेस्ट दैनिक

,

0 comments

Write Down Your Responses