नायक निखिल उप्रेती भन्छन्, ‘म जहाँ जान्छु त्यहीँ प्रेम हुन्छ’ (भिडियो सहित) >>हेर्नुहोस
असार;१२
२०५७ सालमा नेपाली कथानक चलचित्र पिँजडामा अभिनय गरेसँगै नेपाली सिने नगरिमा आएका नायक निखिल उप्रेतीलाई त्यो चलचित्र पछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनी एक्सन हिरोका रुपमा यति ब्यस्त भएकी उनी आफैले कहिल्यै सोचेका थिएनन् । तर, उनी नेपाली फिल्म खेल्नुभन्दा आठ वर्षअघिदेखि बलिउडमै काम गरिरहेको थिए । यहाँभन्दा उनको चिनाजान त्यहाँ बढी थियो र आज पनि छ । त्यहाँका १५,१६ फिल्ममा असिस्टेन्ट भई काम गरेका उनले फिल्म नै पढेको थिए । उनको क्लासमा रानी मुखर्जी, निर्देशक रोहित सेट्टी, आकाश पाण्डे, रजत वेदी लगायत थिए । त्यहाँ बाँच्नको लागि संघर्ष गर्ने क्रममा त्यहाँका कलाकारलाई मार्सल आर्ट सिकाउन थालेका थिए ।
चाहिँ ज्याकी चाङले फिल्ममा देखाउने कौशल हेरेर सिकेको उनको कलालाई हरेर फाइट डाइरेक्टरहरूले असिस्टेन्टको रूपमा उनलाई अफर गर्न थाले । त्यो बेला भारतमा मार्सल आर्टको प्रयोग कमै हुन्थ्यो । त्यो बेला उनले फिल्म ‘हम तो मोहब्बत करेगा’ मा नायिका करिश्मा कपुरको डुब्लिकेट बनेर स्टन्ट गरेका थिए । त्यो बेला उनी २० वर्षको थिए् । पछि नेपालमा ‘पिँजडा’मा काम गरेपछि एकाएक उनी व्यस्त भए ।
तर, चलचित्र पिँजडामा नायक भएर काम गर्दासम्म उनलाई हिरो बन्ने रहर थिएन । उप्रतीलाई आफुले जानेर भन्दा दर्शकले हिरो बनाईदिए जस्तो लाग्छ ।उनी दर्शको मायालेनै ‘पिँजडा’ गरेपछिका लगातार ११ वर्ष त म व्यस्त रहे । चाररपाँच वर्ष त उनले लगातार २० घन्टा काम गरे । उनी त्यो समय आफ्नो कुकुरनिद्रा भएकैले धानिएको ठान्छन् । नायक उप्रतीको सोच एक सय फिल्म गरेपछि ब्रेक लगाउने सोच र योजना थियो । तर, उनलाई समयले १०० फिल्म पुगेकै समय उनी हिड्न सकेनन् । तर, नेपाली सिनेमा जगतले उनलाई अत्याधि चाहेकै बेला उनी मुम्बई हानिए । तातिरहेको बेला टक्क छोडेर जानुको कारण उनले आफूलाई अपडेट गराउनु रहेको बताएका छन् ।
तर, उनले नायिका सञ्चिता लुईंटेलसँग दोस्रो विवाह गर्नु र मुम्बइ हानिनु एकै पटक परेकाले मान्छेहरुले गलत अर्थ लगाए । यो अर्थलाई नायक उप्रतीले समय त्यस्तो पर्न गएको मात्रै हो भनेका छन् । विवाहकै कारण म भागिरहनुपर्ने जरुरी नभएको उनको बुझाई छ । मुम्बई जादाँ नायक उप्रेती नायकका रुपमा गएका थिए । तर, सिने नगरिमा फर्किएसँगै निर्देशकका रुपमा फर्किएका छन् । उनले अभिनय तथा निर्देशन गरेको चलचित्र ‘भैरव’ भदौ ११ बाट अल नेपाल रिलिजको तयारीमा रहेको छ । उनले यो चलचित्रमा मुम्बईमा सिकेको ज्ञानलाई प्रयोग गरेको बताएका छन् ।
चलचित्र भैरव देशभक्तिको कथा माथी बनेको चलचित्र हो । यो चलचित्रमा देशप्रेममा पागल भएको एक प्रहरीको कथा समेटिएमको छ । चलचित्रले भ्रष्टाचारविरुद्धको आवाज बुलन्द पार्ने छ । निखिलको चलचित्रमा प्राय दर्शकले एक्सन खोज्छन् । यो चलचित्रमा भने उनले संगीत पक्षलाई पनि निक्कै ध्यान दिएक
स्रोत;ओयस नेपाल

0 comments
Write Down Your Responses