ओछ्यानमा झरेको वीर्यले गर्भ बस्न सक्छ ?के हो त ?पुरा पढ्नुहोस
असार;१५
गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । बाह्य वातावरणमा योनिमा शुक्रकीट बढी बाँचे पनि डिम्ब निष्कासनको नजिकका दिनमा बाहेक योनिको वातावरण अनि पाठेघरको मुखको रस पनि सर्वोत्कृष्ट रहँदैन ।
यौन चलचित्र हेर्नु वा नहेर्नुको तपाईं गर्भवती हुने वा नहुने कुराको कुनै सम्बन्ध छैन । तपार्इंको श्रीमानको साथीले तपाईको बिछयौनामा हस्तमैथुन गरेको कुरा पनि शंका मात्र हो ।
उक्त कुराले त्यहाँ पक्कै आलो वीर्य थिएन भन्ने बुझिन्छ । फेरि तपार्इंले हस्तमैथुन गर्दा पनि उक्त वीर्य योनिमा राख्नुभएको पक्कै होइन होला ।
दुवै जनाले लुगा लगाएर यौनांग घर्षण गर्दा पुरुषको वीर्य स्खलन भएर महिलाको योनिमा वीर्य नपर्दासम्म गर्भ रहने सम्भावना हुँदैन ।
तपार्इं आफैंले उक्त तन्नामा बसेर वा सुतेर हस्तमैथुन गर्दा त्यो वीर्य तपार्इंको योनिभित्र पर्ने सम्भावना पनि देखिँदैन ।
डिम्ब निष्कासनको समय पनि मिल्नुपर्यो र शुक्रकीटमा योनिबाट यात्रा गर्दै पाठेघरको मुख, पाठेघर अनि डिम्ब वाहिनी नलीसम्म पुग्ने क्षमता राख्नुपर्यो ।
श्रीमानसँग लामो समय शारीरिक सम्बन्ध नहुँदा श्रीमानको साथीले ओछ्यानमा हस्तमैथुन गरी झारेको वीर्यले गर्भ बसेको संका लागि एक विवाहित महिलाको जिज्ञासाको जवाफमा यौनविज्ञले दिएको जवाफ ।
स्रोत;दैनिक खबर

0 comments
Write Down Your Responses