८२.१२ प्रतिशतले ११ कक्षा पढ्न पाउने , त्याे कसरी ?>>हेर्नुहोस

असार;३
एसएलसी परीक्षामा सहभागीमध्ये चार लाख ८२ हजार ९ सय ९८ विद्यार्थीले कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् ।  एक लाख ५ हजार एक सय ५४ जनाले समग्र स्तरीकृत अंक न्यूनतम १‍.६ ल्याउन नसकेकाले अयोग्य भएका छन्।
एसएलसीमा नियमित र एक्जाम्टेड गरी पाँच लाख ८८ हजार एक सय ५२ विद्यार्थी सहभागी भएका थिए। परीक्षा दिएकामध्ये ८२‍.१२ प्रतिशतले माथिल्लो कक्षा चढ्न पाएका छन्।
 एसएलसी सुरु भएयताकै धेरै विद्यार्थीलाई कक्षा चढाइएको यो पहिलो पटक हो। अयोग्यमा परेका १७.८८ प्रतिशत विद्यार्थीहरुले पनि प्राविधिक शिक्षा अन्तर्गतको व्यावसायिक शिक्षा अध्ययन गर्न सक्नेछन्।
स्रोत;पुर्बेली न्युज

,

0 comments

Write Down Your Responses