प्यूठान दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

प्यूठान, १३ वैशाख । प्यूठान जिल्लामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते भएका खुङ–५, का ६५ वर्षीय श्यामबहादुर भण्डारीको उपचारका क्रममा जिल्ला अस्पताल विजुवारमा मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको राप्ती अञ्चल प्रहरी प्रवक्ता तुलवहादुर कार्कीले जानकारी दिनुभयो ।
बाग्दुलाबाट खुङतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्वरको यात्रुवाहक जिप आइतबार साँझ ओखरकोट–६ लामासेरामा दुर्घटना भएको हो । दुर्घटनामा खुङ–७ का ४० वर्षीय रामबहादुर जिसी र ३५ वर्षीय जनक जिसीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको थियो ।
घाइतेमध्ये एक जनाको बुटवल, ७ जनाको भैरहवा र चार जनाको प्यूठान जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिव दुई सय मिटर तल खसेको थियो ।

0 comments

Write Down Your Responses