ज्ञानेन्द्रले भने, ‘नेताहरुको कार्यशैलीले मुलुक कमजोर भयो’

कठमाडौं – पूवराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलको नेताहरुको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै मुलुक कमजोर भएको बताएका छन् ।

नयाँ वर्ष २०७३ को अघिल्लो दिन शुभकामना सन्देश जारी गर्दै उनले क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गरेको बताए । राज्यसंयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शाषकीय शैलीले नेपाल कमजोर भएको उनको तर्क थियो । राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको , क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भइसकेको भन्दै चिन्ता व्यक्त गरे । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses