यौनसम्पर्कको बेला झगडा हुन्छ>>>हेर्नुहोस
श्रावन;३
जहाँसम्म यौनरोग भएको मानिसले यौन आनन्द लिने कुरा छ, शारीरिक एवं मनोवैज्ञानिक हिसाबले नै उनीहरूले आनन्द लिन सक्दैनन् । जुनसुकै किसिमका यौनरोगले मानिसलाई पीडा दिन्छ । यस्तो रोग लागेको अवस्थामा दुख्ने, पोल्ने, चिल्चिलाउने भएकाले मानसिक तथा भावनात्मक रूपले हैरानीको अवस्थामा पुगिएको हुन्छ । पीडाको यस्तो अवस्थामा हुने सम्बन्धले कसरी आनन्द दिन सक्छ र ? अर्को कुरा, आफूलाई यौन रोग छ भन्ने थाहा भैसकेपछि यौनसम्पर्कको अवस्थामा एकले अर्कोलाई त्यो रोग सारिरहेकोमा हीनताबोध र ग्लानि महसुस भैरहेको हुन्छ । त्यसैले यो भावनात्मक तथा मनोवैज्ञानिक समस्या पनि हो । मानिसलाई यस्तो रोगले मूलत: दुई किसिमबाट असर गर्छ ।
यौन आनन्द लिने कुरा त के, रोग विस्तार हुँदै जाँदा यस्ता रोगले जीवन नै समाप्त पार्ने खतरा एकातिर छ भने अर्कातिर लामो समय उपचार नगराउँदा मनमा आउने नकारात्मक सोचले तत्कालको मनस्थिति बिगारिदिने मात्र होइन, दीर्घकालमा मनोवैज्ञानिक समस्याको रूप धारण गर्न पुग्छ र मानिस मनोवैज्ञानिक रूपले कमजोर भै गरिखान नसक्ने अवस्थामा धकेलिन्छ ।
यौन संक्रमणका कारण लाञ्छना सामना गर्नुपर्ने तपाईंजस्तै महिला धेरै छन् । हालै १ सय १७ जना व्यक्तिमा गरिएको एक अनुसन्धानले यौन संक्रमण भएका व्यक्तिहरूले दम्पत्तिमा एक–अर्काबीच समझदारी घट्ने र झगडाले उग्र रूप लिने बताएका छन् । यौनसम्बन्धी धारणामा पनि नकरात्मक सोच वृद्घि भएको पाइएको छ ।
यौनरोग धेरैजसो पुरुषबाट महिलामा संक्रमण भए पनि महिलाहरू नै यस्ता रोगबाट बढी प्रताडित हुने गरेका छन् । यौन रोगका लक्षण धेरैजसो पुरुषमा भन्दा महिलामा चाँडो देखिने भएकाले कोबाट यो रोग संक्रमित भएको हो भन्नेमा पुरुष र महिलाबीच विवाद हुने गरेको छ । यस्ता घटनामा पुरुषले महिलामाथि दोषारोपण गर्ने गरेको पाइन्छ । यो सही कुरा होइन । फेरि यौन रोगको उपचार गर्ने काममा पनि पुरुषहरू पन्छिने गरेका छन् । यौनरोग पुरुषबाट महिलामा संक्रमित भएको हुनसक्छ र महिलामा छिटो देखिएको हुन सक्छ, तर सँगसगै पुरुषमा पनि संक्रमण भैसकेको हुन्छ तर थाहा नभएको हुन सक्छ । यस्तो अवस्थामा दुवै यौनसाथीले रोगको उपचार गराउनुपर्ने हुन्छ । एकजनाको उपचारले मात्र यौन रोग कहिल्यै निको हुँदैन । यो एकबाट अर्कोमा सरिरहन्छ ।
समयमा यौन रोगको उपचार गरिहाल्नुपर्छ भनेर भनिनुको कारण पनि यही हो । तपाईंको सन्दर्भमा भन्नुपर्दा बारम्बार उपचार पछि पनि ठीक नभएको हो भने तपाईंहरू दुवै जनाले चिकित्सकको सल्लाह लिएर छिटोभन्दा छिटो उपचार गराउनुपर्छ अन्यथा एक–अर्काबीचको दोषारोपणले तपाईंहरूमा तनावको वातावरण सिर्जना हुन्छ र सम्बन्ध अझ जटिल बन्न पुग्छ ।
स्रोत;रोचक खबर

0 comments
Write Down Your Responses