breaking,
News
»
गाेरखामा भेटीयाे प्राणघातक अखाद्य बस्तु : जनस्वास्थ्यमाथी गम्भिर खेलवाड>>हेर्नुहोस
गाेरखामा भेटीयाे प्राणघातक अखाद्य बस्तु : जनस्वास्थ्यमाथी गम्भिर खेलवाड>>हेर्नुहोस
असार;२२

पुर्वाञ्चलको चर्चित डिपार्टमेन्ट स्टोर गोरखाले सचालन गरेको गोरखा ब्रेकरीले गम्भिर लापवार्हि गरेको देखिएको छ । क्षेत्रीय गुण नियन्त्रण कार्यलय विराटनगर र जिल्ला प्रशासन कार्यलय सुनसरीको टोलीले आज ब्रेकरी उद्योगमा निरिक्षण गर्दा तीन वर्ष अघि म्याद गुज्रिएका खाद्य सामाग्री फेला पारेको हो । उद्योगले उत्पादन गर्ने पाउरोटिमा प्रयोग गरिने विभिन्न कम्पनीका रंग तथा अन्य मिसावट सामाग्री गुणस्तरहिन भएको प्रमाणित भएको छ ।उद्योगमा फेला परेका म्याद गुज्रिएका कलर फ्लेबर तथा ब्रेड इम्पु्रभर प्रयोग गर्न तयारी अवस्था राखिएको फेला परेको थियो । सुनसरी जिल्ला प्रशासन कार्यलयका खाद्य निरिक्षक रमेश दाहालले उद्योगले गम्भिर त्रुटि गरेको बताए । उपभोक्ताको उजुरी परे अनुसार खाद्य निरिक्षकको टोली अनुगमनमा गएको र उद्योग हेर्दा लेवलिङमा कम्पनीको नाम उल्लेख नभएको पाउरोटी विस्कुट भेटिएको थियो ।
तिन बर्ष अघिनै म्याद गुज्रीएका अखाद्य बस्तु समेत गाेरखाकाे बेकरीमा फेला पर्नु मानव स्वास्थ्यमा गम्भिर खेलवाड भएकाे अनुगमन टाेलीमा खटीएका सुनसरी जिल्ला प्रशासन कार्यलयका खाद्य निरिक्षक रमेश दाहालले
बताए ।
टोलीले उद्योगलाई पहिलो पटकलाई सजक बनाउन म्याद गुज्रिएका सबै खाद्य सामाग्री हटाउन निर्देशन दिएको छ भने उत्पादन विक्रि गर्दा कम्पनीको नाम अनिवार्य रुपमा लेख्न निर्देशन दिएको छ । क्षेत्रीय गुण नियन्त्रण कार्यलयका खाद्य अधिकृत पुष्प राईले फेरी पनि उद्योगले कमजोरी गरेको देखिए कडा कारवाहि गरिने बताए ।
स्रोत;पुर्बेली न्युज
0 comments
Write Down Your Responses