महिला-माथि हुने आसनमा लिंग भाँचिने खतरा उच्च>>हेर्नुहोस कसरि??

असार;१७
आफ्नो प्रेम तथा रोमान्सलाई रोमान्चक र जल्दोबल्दो बनाउनका लागि सहवासका बेला विभिन्न प्रयोग गर्नुहुन्छ होला । तर यस्ता प्रयोगहरु गर्दा पर्याप्त सावधानी अपनाइएन र केही सामान्य लापरवाही भयो भने समेत त्यसबाट ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।परम्परागत सम्भोगको आसन भनेको पुरुष माथि र महिला तल हुने आसन हो । तर सहवासमा बढि आनन्द प्राप्तिका लागि भन्दै महिला माथि तथा पुरुष तल हुने आसनको प्रयोग समेत गरिन्छ । वुमन अन टप अर्थात् काउगर्ल पोजिसन भनिने यस्तो आसन सम्भोगमा महिलाका लागि आनन्ददायी त होला तर पुरुषका लागि भने सबैभन्दा खतरनाक हुने अध्ययनले देखाएको छ ।महिला माथि हुने आसनमा सम्भोग गर्दा पुरुषको लिंगमुण्ड भंग हुने अर्थात् लिंगको टाउकोमा चोट लाग्ने खतरा उच्च हुन्छ ।शोधकर्ताहरुले लिंगमुण्ड भाँचिने वा चोट लाग्ने घटनाका विभिन्न कारणहरुका बारेमा गरेको अध्ययनका क्रममा लिंगको टाउकोमा चोट लाग्ने वा भाँचिएका घटनामध्ये ५० प्रतिशत काउ गर्ल आसनमा सम्भोग गर्दाको बखत भएको पाइएको छ ।महिला माथि हुने सम्भोग आसन लिंगका लागि खतरनाक भएको र त्यस क्रममा लिंगमा चोट लाग्ने जोखिम ५० प्रतिशत हुने भन्दै शोधकर्ताहरुले यस्तो आसनको सहवासमा होसियार हुन सल्लाह दिएका छन् ।काउगर्ल आसनपछि लिंगमा चोट लाग्ने अर्को खतरनाक आसन भनेको डगी स्टाइल अर्थात् कुकुर आसन हो । यो शैली अबलम्बन गरेर सम्भोग गर्दा लिंगमा चोटको खतरा जम्मा २९ प्रतिशत पाइएको छ । पुरुष माथि हुने सम्भोग आसन सबैभन्दा सुरक्षित देखिएको छ । लिंगमुण्डमा चोट लागेका मध्ये केवल २१ प्रतिशत पुरुषमा यस्तो आसनको सम्भोगबा बेला दुर्घटना भएकेा पाइएको छ ।लिंग उत्तेजित भएको र तानिएको अवस्थामा सहवासका बेला महिलाको पूरै भार पुरुषको सरीर र अझ लिंगमाथि हुँदा त्यसले लिंगमा ठूलो दबाब सिर्जना गर्ने र चोट पूराउने जोखिम उच्च हुन्छ । महिला चरमउत्कर्षमा पुगेको बेला बढ्ने दबाबले पुरुषको लिंगमा अझै ठूलो क्षति पूराउने जोखिम रहने शोधकर्ताहरुको भनाइ छ । तर पुरुष माथि हुने सम्भोग आसनमा पुरुषले आफ्नो गुप्तांगमा कुनैपनि दबाब महसुस हुने बित्तिकै तत्कालै लिंग बाहिर निकाल्न सम्भव हुने भएकाले दुर्घटनाको जोखिम कम हुन्छ ।ब्राजिलको क्याम्पिनसस्थित विभिन्न ३ वटा अस्पतालमा पछिल्लो १३ वर्षमा गरिएका लिंगमुण्ड भंग सम्बन्धि समस्याको शल्यक्रियाका दौरान शोधकर्ताहरुले तथ्य संकलन गरेका हुन् । त्यसक्रममा ४२ वटा यस्ता दुर्घटना पीडित पुरुषहरुको उपचार गराइएको थियो । त्यसक्रममा आधाजसोले लिंग दुख्नु अगाडि सहवासका बेला भाँच्चिएको आवाज सुनेको बताए । कतिपयले भने लिंग सुन्निन थालेपछि मात्र आफुलाई दुख्न सुरु भएको बताए ।टेलिग्राफ अनलाइनका अनुसार लिंग भाँच्चिएर उपचारमा आएका ४२ जनामध्ये २८ जनाले महिलासँगको सम्भोका बेला दुर्घटना भएको बताए भने अन्य ४ जनाले समलिंगी यौन सम्पर्कका बेला त्यस्तो भएको बताए । ६ जनाले भने आफु एक्लैले लिंगमाथि खेलवाड गर्दा दुर्घटना भएको बताए । अन्य चारजनाको दुर्घटनाको कारण भने पत्ता नलागेको शोधकर्ताहरुको भनाइ छ ।
स्रोत;कुबिक न्युज 

,

0 comments

Write Down Your Responses