पोखरामा बेहोस र अर्धनग्न फेला परेकी युवतिकाे मनिपालमा उपचार हुँदै >>हेर्नुहोस
२६ जेठ:
रत्नचोक, जनप्रिय बहुमुखी क्याम्पसको उत्तरपट्टी बेहोस अवस्थामा अर्थनग्न एक युवती फेला परेकी छन् ।
युवतीलाई मंगलबार बिहान उद्धार गरिएको वडा प्रहरी कार्यालय वैदामका इन्स्पेक्टर मोहनमणि अधिकारीले बताए । उनको टाउकोमा चोट लागेको इन्स्पेक्टर अधिकारीले बताए ।
उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतमलमा स्वास्थ्य परीक्षण गरेर थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको उनले बताए । ती युवतीको आफन्त जिल्ला बाहिर भएको कारण छिमेकी र प्रहरीको सहयोगमा उपचार भइरहेको छ ।
मंगलबार बिहान स्थानीयले ती युवतीलाई बेहोस अवस्थामा अर्थनग्न देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्रोत;समाधान न्युज

0 comments
Write Down Your Responses